Skip to content

मौद्रिक नीतिको वार्षिक समीक्षामा राष्ट्र बैंकले यसरी सम्झियो जेनजी आन्दोलन र निजी क्षेत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्षामा २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको परिस्थितिले अर्थतन्त्रमा असर परेको उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार आन्दोलनपश्चात् उत्पन्न असहज वातावरण तथा निजी क्षेत्रको मनोबल कमजोर हुँदा व्यवसाय विस्तार अपेक्षित रूपमा हुन सकेन। यसको प्रभाव समष्टिगत मागमा परेको समीक्षा प्रतिवेदनमा उल्लेख छ।

समीक्षामा निजी क्षेत्रले लगानी तथा व्यवसाय विस्तारमा अपेक्षित सक्रियता देखाउन नसक्दा आर्थिक गतिविधि सुस्त बनेको र समग्र मागमा दबाब सिर्जना भएको राष्ट्र बैंकको निष्कर्ष छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T