काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३० रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँ रहेको थियो ।
यसैगरी, मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ५८५ रुपैयाँ थियो ।









प्रतिक्रिया दिनुहोस्