काठमाडौं । प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राईले सभामुख डिपी अर्यालले ५ वर्ष सभामुख चलाउन नसक्ने बताएका छन् ।
बैठकमा प्रतिपक्षी दलका सांसदहरुले विरोध गरिरहेको समयमा उनले यस्तो बताएका हुन् ।
“सम्माननिय सभामुख महोदय, आज अचम्म भयो । सभामुख यस्तो गरिमामय सदनमा आँत्तिएर एउटा सदस्यले कुरा राखिरहेको समयमा तपाईले जुन व्यवहार गर्नु भयो । तपाईले ५ वर्ष सभामुख चलाउनु हुन्न सभामुख महोदय । तपाईको मैले खुट्टी हेरिसके ।” तपाईले के भन्दैछ भनेर कुरा नसुकेको उनको आरोप छ ।





प्रतिक्रिया दिनुहोस्