काठमाडौं । एलजी इलेकट्रोनिक्स सिङ्गापुर प्रालिले आफ्नो नेपालस्थित आधिकारिक वितरक सीजी इलेकट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर विकसित गरिएको नयाँ घरेलु उपकरण शृङ्खला एलजी एसेन्सियल सिरिज सार्वजनिक गरेको छ। नेपालगन्जस्थित सिद्धार्थ कटेजमा आयोजित विशेष कार्यक्रममा उक्त उत्पादन शृङ्खलाको औपचारिक अनावरण गरिएको हो।
‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको एलजी एसेन्सियल सिरिज मा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। नेपाली परिवारको दैनिक आवश्यकता तथा स्थानीय वातावरणलाई मध्यनजर गर्दै डिजाइन गरिएका यी उत्पादनले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने विश्वास कम्पनीको छ।
यस शृङ्खलामा नेपाली बजारलाई लक्षित गरी विशेष रूपमा डिजाइन गरिएका दुई ढोकावाला रेफ्रिजेरेटर, पूर्ण स्वचालित माथिबाट कपडा हाल्ने धुने मेसिन तथा कोठा शीतताप नियन्त्रक (एयर कन्डिसनर) समावेश छन्।
दुई ढोकावाला रेफ्रिजेरेटर
यस रेफ्रिजेरेटरमा ‘फ्रस्ट–फ्री’ प्रविधि प्रयोग गरिएको छ, जसले हातैले बरफ हटाइरहनुपर्ने झन्झट हटाउँछ। ‘स्मार्ट मोड’ सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यानको मात्रा नियन्त्रण गर्छ। साथै अघिल्ला मोडेलको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमताले नेपाली परिवारको आवश्यकतालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्ने कम्पनीको दाबी छ।
पूर्ण स्वचालित माथिबाट कपडा हाल्ने धुने मेसिन
नेपालका विविध वातावरणीय अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको यस धुने मेसिनमा ‘प्रोशिल्ड मोटर’, ‘बीएमसी कभर’ तथा ‘आईपिएक्स–४’ मापदण्डअनुसारको पानी प्रतिरोधी नियन्त्रण प्यानल जस्ता सुविधा समावेश छन्। साथै कम पानीको चापमा पनि प्रभावकारी रूपमा कपडा धुने ‘कम चापमा पानी भर्ने प्रविधि’ प्रयोग गरिएको छ।
कोठा शीतताप नियन्त्रक (एयर कन्डिसनर)
ऊर्जा–दक्ष प्रविधियुक्त यस शीतताप नियन्त्रकले प्रभावकारी रूपमा चिस्याउने र तताउने दुवै सुविधा प्रदान गर्छ। परम्परागत ‘नन–इन्भर्टर’ शीतताप नियन्त्रकको तुलनामा कम विद्युत् खपत गर्ने यस उपकरणमा वातावरणमैत्री ‘आर–३२’ शीतलक ग्यास प्रयोग गरिएको छ। साथै न्यून ध्वनिमा सञ्चालन हुने भएकाले प्रयोगकर्तालाई थप आरामदायी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एलजी एसेन्सियल सिरिज को बिक्री–वितरण नेपालभर २०२६ जुन महिनादेखि सुरु हुनेछ। प्रारम्भिक मोडेलको मूल्य करिब ४९ हजार ६९० रुपैयाँ बाट सुरु हुनेछ। यी उत्पादन देशभरका आधिकारिक एलजी ब्रान्ड शोरुम, बहुब्रान्ड खुद्रा बिक्री केन्द्र तथा प्रमुख विद्युतीय व्यापार ९ई–कमर्स० माध्यमबाट उपलब्ध हुनेछन्।
सीजी इलेकट्रोनिक्सबारे
सीजी कर्प ग्लोबलअन्तर्गत रहेको सीजी इलेकट्रोनिक्स नेपालमा एलजीका उत्पादनको एकमात्र आधिकारिक वितरक हो। एलजी इलेकट्रोनिक्स सिङ्गापुरसँग चार दशकभन्दा लामो सहकार्यमार्फत कम्पनीले एलजीलाई नेपालको अग्रणी तथा विश्वासिलो उपभोक्ता विद्युतीय उपकरण ब्रान्डका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको जनाएको छ।
एलजी इलेकट्रोनिक्सबारे
एलजी इलेकट्रोनिक्स इन्क। घरेलु उपकरण, उपभोक्ता विद्युतीय सामग्री तथा वायु समाधान क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी हो। नवीन प्रविधि, ऊर्जा–दक्ष उत्पादन तथा ग्राहककेन्द्रित डिजाइनका लागि परिचित एलजीले विश्वभरका उपभोक्तालाई दैनिक जीवनलाई सहज, सुरक्षित र समृद्ध बनाउने समाधान उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्