Skip to content

यूनाइटेड अजोड इन्स्योरेन्सको ६३ हजार ८४७ कित्ता संस्थापक हकप्रद सेयर पुनः लिलामीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बिक्री हुन नसकेको संस्थापक समूहको अवितरित हकप्रद सेयर पुनः शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ।
कम्पनीले यसअघि संस्थापक समूहका हकप्रद सेयरका लागि आवेदन आह्वान गरेको भए पनि ६३ हजार ८४७ कित्ता सेयरमा आवेदन नपरेको जनाएको छ।
त्यसपछि प्रचलित कानून तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २१ बमोजिम पहिलो पटक लिलामी प्रक्रिया अघि बढाइए पनि साविकका संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि पुनः बिक्री प्रक्रिया अघि बढाइएको हो।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार अब उक्त  सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान संस्थापक सेयरधनीका साथै योग्य व्यक्ति, कम्पनी, संघ तथा संस्थाले पनि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले २०८३ असार २५ गतेदेखि २०८३ साउन १ गते बैंकिङ समयभित्र प्रति कित्ता आफूले कबोल गरेको मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। कम्पनीले न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ।
बोलपत्र आवेदन फाराम तथा बुझाउने व्यवस्था लक्ष्मी सनराइज क्यापिटल लिमिटेड को कमलपोखरीस्थित कार्यालय तथा लक्ष्मी सनराइज बैंक लिमिटेड का विभिन्न प्रदेशस्थित शाखा कार्यालयहरूबाट गरिएको छ।
कम्पनीले बोलपत्रहरू संकलन केन्द्रबाट बिक्री प्रबन्धकको कार्यालयमा संकलन भएपछि बोलपत्र खोल्ने मिति, समय र स्थान राष्ट्रिय दैनिकमार्फत सार्वजनिक गरिने जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi