Skip to content

बाल मन्दिर ठगीमा ३ जना पक्राउ

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगीसम्बन्धी कसूरमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल बाल संगठन तथा बाल मन्दिर सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन–२०७७ र प्रहरी प्रतिवेदनका आधारमा दर्ता भएको मुद्दाको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)३ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा नेपाल बाल संगठनको केन्द्रीय कार्यालय नक्सालकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल संगठन जिल्ला कार्य समिति ललितपुरका तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य तथा नेपाल बाल संगठन जिल्ला कार्य समिति काठमाडौंका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् ।

सिआईबीका अनुसार नेपाल बाल संगठन, बाल मन्दिरबाट अनियमित रूपमा रकम लिएर ठगी गरेको आरोपमा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T