काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनहरूमा घटेको सुन–चाँदीको मूल्य बिहीबार पनि घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलाको १६० रुपैयाँ घटेको छ।
आजको बजारमा सुनको मूल्य प्रतितोला सुन २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ। बुधबारको बजारमा सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १६० रुपैयाँले घटेर ४ हजार ३४० सय रुपैयाँ कायम भएको छ। बुधबार चाँदी ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्