Skip to content

चार विधेयक प्रमाणीकरण

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३’, ‘सहकारी ९पहिलो संशोधन० विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सङ्घीय संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T