Skip to content

गणेश नेपालीको हात्मदाह: राजनीतिक बहसभन्दा आत्मचिन्तनको विषय बनाउन सभापति थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन् ।

उनले यसलाई समाज, राज्य र सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी घटना भएको बताएका छन्। विज्ञप्ति जारी गर्दै थापाले उक्त घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन सबैसँग आग्रह गरे । उनका अनुसार यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएकाले सबैले संवेदनशीलता अपनाउन आवश्यक छ।

उनले गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ र उनीहरूको दु:ख कम गर्न आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।

वक्तव्यमा थापाले विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने बताए । उनले एउटा युवा किन यस्तो निराशाको अवस्थासम्म पुग्छ, आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था सिर्जना हुन्छ, राज्यका सेवा र संयन्त्रले किन सबै नागरिकलाई भरोसा दिलाउन सकिरहेका छैनन्, तथा समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने प्रश्नहरूको इमानदार उत्तर खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

थापाले भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताए ।

थापाले दिवंगत गणेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे । उनले परिवारलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi