काठमाडौं । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला कामनपा वडा न. ३०, ज्ञानेश्वरमा कफी लाउञ्ज सहितको डिजिटल हबको औपचारिक समुद्घाटन कार्यक्रम आज मिति २०८३÷०३÷२६ गते सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्ज सहितको डिजिटल हब रहको कार्यालय भवनको समुद्घाटन गरेका हुन । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
डिजिटल बैकिङ्ग सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैकको नीतिलाई निरन्तरता दिँदै बैकिङ्ग सेवामा नवीनतम अवधारणाको प्रयोगको रूपमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको छ जस अन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ्ग गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरूको विशिष्ट अनुभव लिन सक्नेछन् । नेपालको बैकिङ्ग क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सभ्मवत पहिलो बैंक रहेको छ ।
डिजिटल प्रविधिको प्रयोगमा युवाहरूलाई आकर्षित गर्न तथा ग्राहकहरू माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफी लाउञ्ज सहितको डिजिटल हब मार्फत डिजिटल बैकिङ्ग सेवा सम्बन्धी परामर्श समेत प्रदान गरिने भएकोले ग्राहकहरूको लागि सिकाई र अनुभवको केन्द्र बन्ने अपेक्षा बैकले लिएको छ ।
नेपाल राष्ट्र र्बैंकको रेगुलेटरी स्यान्ड बक्सको अवधारणालाई समेत अवलम्बन गरी भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ वित्तीय सेवा ग्राहकहरूलाई प्रदान गर्न बैंक प्रतिबद्ध रहेको छ ।
प्रतिक्रिया दिनुहोस्