Skip to content

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, गत शुक्रबार चाँदीको मूल्य प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi