काठमाडौं । गृहमन्त्री सुधन गुरुङसहित ५ जना मन्त्रीहरु सुकुम्बासी राखिएको होल्डिङ सेन्टर पुगेका छन् ।
आज उनीहरु सुकुम्बासी राखिएको होल्डिङ सेन्टर भक्तपुरको खरिपाटीमा पुगेका हुन् ।
गृहमन्त्री सुधन गुरुङसँगै भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला बालबालिका मन्त्री सिता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, सरकरको प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेल र श्रम मन्त्री रामजि यादव आज भक्तपुरमा रहेको खरिपाटि र बोडेमा सुकुम्बासी राखिएको होल्डिङ सेन्टरको अवलोकन गरेका छन् ।
भूमि व्यवस्थामन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लालपुर्जा दिएपछि आगामी दिनमा कसैले पनि औँला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको बताइन् ।
सुकुमबासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उनले सरकारले सुकुमबासीको दीगो समाधान गर्ने गरी काम गरिरहेको बताइन् । उनले सुकुमबासीका नाममा कसैलाई पनि राजनीतिक नगर्न आग्रह गरिन्।
उनीहरूले सुकुम्बासीहरूसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे अवगत गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमबासीलाई खरिबोटस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्