Skip to content

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव सोमबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मन्नु महावर नेपाल भ्रमणमा आउने भएका छन्। दुई देशबीचको ऊर्जा संयन्त्रको बैठकमा भाग लिन महावर नेपाल आउन लागेका हुन्।

महावर भारतीय विदेश मन्त्रालयमा चीन, नेपाल, भुटान हेर्ने नर्थ डिभिजन प्रमुख हुन्। महावर भोलि १३ जुलाईमा नेपालमा आउने कार्यक्रम छ।

नेपाल भ्रमणका क्रममा उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नेछन्। यसैगरी, महावर दुई देशको ऊर्जा–जलस्रोत हेर्ने संयुक्त समिति (जेएससी) तथा संयुक्त कार्यदल (जेजीब्जी)को बैठकमा सहभागी हुनेछन्।

संयन्त्रको बैठक जुलाई १४ र १५ तारिखका लागि तय गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T