Skip to content

बैंकले सेयर धिताेकर्जामा १ खर्ब ३९ अर्बको गरे लगानी: अग्रस्थानमा नबिल, अन्यको कति? 

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म आउँदा वाणिज्य बैंकले १ अर्ब ३९ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर धितोकर्जा लगानी गरेका छन् । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को जेठ मसान्तसम्म वाणिज्य बैंकले सेयर धितोकर्जा (मार्जिन नेचर)  कर्जा लगानी गरेका हुन ।
जेठ मसान्तसम्म आउँदा सबैभन्दा धेरै यस्तो कर्जा लगानी गर्ने बैंक नबिल बैंक रहेको छ । यस बैंकले जेठ मसान्तसम्ममा १७ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ सेयर धितोकर्जा लगानी गरेको छ । यसैगरी, यस्तो कर्जा लगानी सबैभन्दा धेरै गर्ने दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकले सेयर बजारमा १४ अर्ब ५३ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, कुमारी बैंकले १० अर्ब ४४ करोड रुपैयाँ, प्राईम कमर्सियल बैंकले ९ अर्ब ८५ करोड रुपैयाँ, लक्ष्मी सनराईज बैंकले ९ अर्ब ५० करोड रुपैयाँ र सिद्धार्थ बैंकले ९ अर्ब १३ करोड रुपैयाँ लगानी गरेका छन् ।
यसैगरी, यसैगरी, कृषि विकास बैंकले ८ अर्ब ६४ करोड २४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ सेयर धितोकर्जा लगानी गरेका छन् ।
जेठ मसान्तसम्म आउँदा नेपाल बैंकले ६ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ६ अर्ब २१ करोड ४५ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेसनलले ५ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट बैंकले ५ अर्ब २२ करोड ७० लाख रुपैयाँ सेयरमा कर्जा लगानी गरेका छन् ।
यसैगरी, एनएमबी बैंकले ५ अर्ब ७ करोड ६४ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ४ अर्ब ८२ करोड २० लाख रुपैयाँ र सानिमा बैंकले ४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ यस्तो कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालु आवको ११ महिनामा एनआईसी एशिया बैंकले ४ अर्ब ४४ करोड ५५ लाख रुपैयाँ, हिमालयन बैंकले ४ अर्ब ३१ करोड १७ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर धितोकर्जा लगानी गरेका छन्।
जेठ मसान्तसम्म आउँदा सबैभन्दा कम सेयर धितोकर्जा लगानी गर्ने बैंक नेपाल एसबीआई बैंक रहेको छ। यस बैंकले समीक्षा अवधिसम्म ५२ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर धितोकर्जा प्रवाह गरेको छ। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले समीक्षा अवधिसम्म सेयर धितोकर्जा लगानी नगरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi