Skip to content

जेठमा मुद्रास्फीति ५.२२ प्रतिशत, फलफूल र यातायात महँगिँदा उपभोक्तामाथि थप भार

काठमाडौं । पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि हुँदा मुद्रास्फीति (महँगी) बढेको छ ।  जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो २.७२ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ०.५४ प्रतिशत र ३.९४ प्रतिशत थियो।
आर्थिक वर्ष २०८२–८३ को एघार महिनाको औसत मुद्रास्फीति २.८९ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यो ४.२४ प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १७.४० प्रतिशतले बढेको छ। घ्यू तथा तेल १५.१० प्रतिशत, माछा तथा मासु ५.२६ प्रतिशत र तरकारी ४.१४ प्रतिशतले महँगिएको छ। दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क भने ०.९३ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशतले बढेको छ। यातायात १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थ ७.२० प्रतिशत, शिक्षा ५.५४ प्रतिशत तथा कपडा तथा जुत्ताचप्पल ५.५३ प्रतिशतले महँगिएको छ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७८ प्रतिशतले र सहरी क्षेत्रको ५.३८ प्रतिशतले वृद्धि भएको छ। प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.७५ प्रतिशत, मधेश प्रदेशको ५.६२ प्रतिशत, बागमती प्रदेशको ४.७९ प्रतिशत, गण्डकी प्रदेशको ५.०५ प्रतिशत, लुम्बिनी प्रदेशको ५.६२ प्रतिशत, कर्णाली प्रदेशको ४.८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.६१ प्रतिशत रहेको छ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९८ प्रतिशत, तराईको ५.७४ प्रतिशत, पहाडको ५.०७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत रहेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T