Skip to content

बीमा प्राधिकरणले गर्यो कम्पनीले २ प्रकारका वित्तीय विवरण ल्याउने व्यवस्था, लाभांबारे के छ ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमा सम्झौता सम्बन्धी नेपाल वित्तीय प्रतिवेदन मानदण्ड (एनएफआरएस-१७) कार्यान्वयन निर्देशिका, २०८३’ जारी गरेको छ ।

निर्देशिकामा दोहोरो वित्तीय विवरण सम्बन्धी व्यवस्था रहेको छ । बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासदेखि नै दोहोरो त्रैमासिक वित्तीय विवरण तयार पार्नुपर्ने छ । जसमा एउटा एनएफआरएस १७ अनुसार र अर्को प्राधिकरणको साविकको परिपत्र अनुसार हुनेछ ।

साउन १ गतेदेखि नै कम्पनीहरूले प्राधिकरणको नियामकीय स्वीकृतिका लागि दोहोरो लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण बुझाउनुपर्नेछ । जसअन्तर्गत एनएफआरएस १७ मा आधारित ‘साधारण उद्देश्यको वित्तीय विवरण’ वित्तीय विवरण निर्देशिका, २०८० मा आधारित ‘विशेष उद्देश्यको वित्तीय विवरण’ समावेश हुनेछन्।

लाभांश वितरण र सञ्चित कोषबीमा कम्पनीहरूको वितरणयोग्य नाफा गणना गर्दा वित्तीय विवरण निर्देशिका, २०८० र एनएफआरएस १७ मध्ये जुन आधारमा कम नाफा देखिन्छ, त्यसैलाई मान्यता दिइनेछ । यदि एनएफआरएस १७ अनुसार कायम भएको सञ्चित नाफा वित्तीय विवरण निर्देशिका, २०८० को भन्दा बढी भएमा उक्त फरक रकमलाई नियामकीय जगेडा कोषमा छुट्टै राख्नुपर्ने छ ।

प्राधिकरणको स्वीकृतिबिना यो कोषको रकम लाभांश वितरण वा अन्य प्रयोजनमा उपयोग गर्न पाइने छैन। कार्यान्वयनको समयतालिका निर्देशिकाले चरणबद्ध रूपमा कार्य सम्पन्न गर्न निश्चित समयतालिका तोकेको छ । बीमा कम्पनीहरूका लागि वित्तीय प्रतिवेदन प्रणालीलाई थप पारदर्शी, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरको बनाउन उक्त निर्देशिका जारी गरेको जनाएको छ ।

बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरेर निर्देशिका ल्याइएको जनाएको छ । बीमा क्षेत्रमा वित्तीय प्रतिवेदनको प्रस्तुतीकरणमा एकरूपता ल्याउन, उत्तरदायित्व स्पष्ट पार्न र जोखिममा आधारित सुपरीवेक्षण प्रणालीलाई सहयोग गर्नु यसको मुख्य उद्देश्य रहेको जनाइएको छ ।

जिम्मेवारीको बाँडफाँट र कार्यदल गठन निर्देशिकाले एनएफआरएस १७ कार्यान्वयनका लागि विभिन्न निकायहरूको जिम्मेवारी तोकेको छ । निर्देशिका वित्तीय विवरण, तथ्याङ्क र लेखा नीतिहरूको तयारी र स्वामित्वका लागि जिम्मेवार हुने उल्लेख छ।

यस्तै एक्चुअरी सम्बन्धी मूल्याङ्कनको स्वतन्त्र समीक्षा गर्ने र वार्षिक एक्चुअरी प्रमाणपत्र जारी गर्ने बिषय पनि रहेको छ । यसमा प्रत्येक बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत, प्रमुख वित्तीय अधिकृत, सूचना प्रविधि प्रमुख, जोखिम हेर्ने व्यक्ति र एक्चुअरी विज्ञ सम्मिलित एक परियोजना व्यवस्थापन टोली गठन गर्नुपर्ने व्यवस्था गरेको छ । टोली निर्देशिका जारी भएको ७ दिनभित्र स्थापना गरिसक्नुपर्नेछ ।

‘पोजिसन पेपर’ र प्राविधिक समितिबीमा कम्पनीहरूले निर्देशिका जारी भएको ९० दिनभित्र सञ्चालक समितिबाट स्वीकृत गराई प्राधिकरणमा ‘पोजिसन पेपर’ बुझाउनुपर्नेछ ।

जसमा कम्पनीको लेखा नीति, एक्चुअरी विधि र प्रमुख अनुमानहरू समावेश हुनेछन् । एनएफआरएस १७ को देशव्यापी कार्यान्वयन र अनुगमनका लागि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशकको संयोजकत्वमा एक उच्च स्तरीय प्राविधिक समिति गठन गरिएको छ ।
समितिमा प्राधिकरण, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र नेपाल लेखामान बोर्डका प्रतिनिधिहरू रहनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi