काठमाडौं । सञ्चारगृहका कार्यालय अगाडि गेट छोपिने गरी बेवारिसे छाडिएका सवारीसाधनबारे यातायात व्यवस्था विभागको विवरण सार्वजनिक गरेको छ।
विभागका अनुसार कान्तिपुर पब्लिकेसन्सको कार्यालय अगाडि पार्किङ गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको गाडी सानिमा बैंकको नाममा दर्ता रहेको छ। त्यस्तै, अनलाइनखबरको कार्यालय अगाडि राखिएको बा.१२ च ८५४५ नम्बरको गाडी सुनिल पौडेलको नाममा तथा हिमालय टेलिभिजनको कार्यालय अगाडि पार्किङ गरिएको बा. १२ च १२५५ नम्बरको गाडी सुवास भण्डारीको नाममा दर्ता रहेको विभागको विवरणमा उल्लेख छ।
यसैबीच, कान्तिपुरको गेट छोपिने गरी पार्क गरिएको गाडी रवि जैसवालको रहेको छ। उनी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनीत सदस्य हुन्। काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाहको समूह रास्वपामा एकीकृत भएपछि उनी उक्त विभागमा मनोनीत भएका थिए।
जैसवालले कान्तिपुरसँग कुरा गर्दै पार्क गरिएको गाडी आफ्नो भएको स्वीकार गरेका छन्।
प्रतिक्रिया दिनुहोस्