Skip to content

सांसद ऐन महरलाई २ जनाले दिए गोली हानेर मार्ने धम्की, संसदलाई गराए जानकारी

काठमाडौं । सांसद ऐन महरले आफुलाई गोली हानेर मार्ने धम्की आएको दाबी गरेका छन् ।

उनले आज प्रतिनिधि सभाको बैठकमा आफुलाई गोली हानेर मार्ने धम्की आएको बताए ।

‘‘सदनमा बोलिरहँदा केही मानिसलाई सरकारको विरोध गरेको आभाष हुँदो रहेछ’’ उनले भने “ मलाई निरन्तर धम्की आईरहेको छ । गोली हान्छु, मार्छु भनेको छ । भर्खरै मात्रै २ जनाले मेरो स्टाटसमा कमेन्ट गर्नु भएको छ । ऐन महर आम्मा कसम म तलाई गोली हानेर मार्छु भनेर नम्बर दिनु भएको छ । पराजुली राम भन्ने आईडीबाट आएको छ । आफु काठमाडौं बौद्व महाकाल बस्ने भन्नु भएको छ । अर्को पूर्ण विक्रम क्षेत्रबाट गोली हान्ने धम्की आएको छ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi