Skip to content

रिलायन्स स्पिनिङ मिल्सको लक–इन अवधि साउन १ देखि समाप्त हुने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले योग्य संस्थागत लगानीकर्ताका लागि छुट्टाइएको साधारण सेयरको लक–इन अवधि २०८३ साउन १ गतेदेखि समाप्त हुने भएको छ।
कम्पनीका अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २५(ग) उपनियम (४) बमोजिम जारी पूँजीको १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६ सय कित्ता साधारण सेयरमध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई निष्कासन तथा बाँडफाँट गरिएको थियो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८२ फागुन १ गते सूचीकृत भएको उक्त सेयरको लक–इन अवधि छ महिनासम्म कायम रहने व्यवस्था अनुसार साउन १ गतेदेखि समाप्त हुने कम्पनीले जनाएको छ।
लक–इन अवधि समाप्त हुने जानकारी नियामक निकाय, लगानीकर्ता तथा अन्य सरोकारवालाको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको कम्पनीले उल्लेख गरेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T