Skip to content

एनएमबी बैंकले २४ हजारकित्ता भन्दा धेरै संस्थापक सेयर बिक्री गर्दै 

काठमाडौं । एनएमबी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बेच्ने भएको छ । बैंकले संस्थापक सेयरधनी शंकर लाल अग्रवालको नाममा रहेको २४ हजार ३१२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।
बैंकले विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि सूचना प्रकाशित गरेको हो। बैंकले प्रकाशित सूचनाअनुसार संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र आवेदन परेमा खरिदकर्ता र बिक्रीकर्ताबिच आपसी सहमतिमा सेयर खरिद–बिक्री गरिने बैंकले जनाएको छ। यदि उक्त अवधिमा कुनै निवेदन प्राप्त नभए प्रचलित कानुनी व्यवस्था अनुसार अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi