काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई दिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र रद्ध भएको छ ।
राष्ट्र बैंकले नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई २०७७ फागुन १८ गते अनुमति दिएको थियो ।
भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १३(६) को व्यवस्थाबमोजिम स्वत: रद्ध भएको जनाइएको छ ।
उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।









प्रतिक्रिया दिनुहोस्