Skip to content

राष्ट्र बैंकद्वारा मौद्रिक नीति तर्जुमा कार्यविधिमा दोस्रो संशोधन, के छ नयाँ व्यवस्था?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा तथा सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित, प्रविधिमैत्री र समयबद्ध बनाउन ‘मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (दोस्रो संशोधन, २०८३)’ जारी गरेको छ ।
मूल्य तथा शोधनान्तर स्थिरता कायम राख्दै समग्र वित्तीय प्रणालीको विकासका लागि आर्थिक वर्ष २०५९–६० देखि औपचारिक रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै आएको केन्द्रीय बैंकले यस कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाको समीक्षा र प्रगति विवरण, समष्टिगत आर्थिक स्थितिको विश्लेषण तथा आर्थिक सवालको विश्लेषणसहितको प्रतिवेदन र मौद्रिक नीति समीक्षाका लागि तयार पारिएको प्रारम्भिक ड्राफ्ट गरी तीनवटा दस्तावेज प्रस्तत गरिने जनाएकाे छ ।
मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi