Skip to content

न्यूयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन हुने 

काठमाडौं । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित ‘नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट, २०२६’ आयोजना हुने भएको छ । ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्सले एक कार्यक्रमबिच आगामी सेप्टेम्बर २५ देखि २७ सम्म तीनदिन नेपाली अमेरिकन बिजनेस एण्ड इन्भेष्टमेन्ट समिट (नबिस) आयोजना गर्ने घोषणा गरेको हो ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा ग्रेटर न्यूयोर्क नेपाली चेम्बरले न्यूयोर्क जेएफके मेरियट होटलमा आयोजना गर्न लागिएको सम्मेलनको नारा ‘कनेक्टिङ क्यापिटल, आइडियाज एण्ड अपर्चुनिटिज’ राखिएको छ। आयोजक संस्था चेम्बरका अध्यक्ष प्रदीप श्रेष्ठले यो सम्मेलन एउटा साधारण सम्मेलन मात्र नभई नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धलाई नयाँ दिशामा लैजाने साझा अभियान हुने बताए ।
सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर फैलिएको नेपाली डायस्पोराको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनमार्फत दुई देशबीच व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि विकास र दीर्घकालीन आर्थिक साझेदारी निर्माण गर्ने लक्ष्य राखिएको छ ।
‘नबिस एउटा सम्मेलनभन्दा धेरै ठुलो अवधारणा हो, यो नेपाल र अमेरिकाबीच बलियो आर्थिक सम्बन्ध निर्माण गर्न प्रतिबद्ध विचार, पूँजी र मानिसहरूलाई जोड्ने एउटा साझा मञ्च हो, अध्यक्ष श्रेष्ठले भने, ‘अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी, लगानीकर्ता, प्रविधि विज्ञ र विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका व्यक्तिहरूको ज्ञान, अनुभव र पूँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो।’
नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधि, कृषि, पूर्वाधार, उत्पादनमूलक तथा स्टार्टअप क्षेत्रमा ठुलो सम्भावना रहेको हुनाले लगानीका लागि उपयुक्त थलो भएको उनको भनाइ छ । उनले थपे, ‘विचारलाई व्यवसायमा, संवादलाई साझेदारीमा र प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्ने परिणाममुखी मञ्चका रूपमा नबिसलाई अगाडि बढाइने छ।’ अमेरिकाभर रहेका नेपाली व्यवसायीहरूलाई सशक्त बनाउनु पनि सम्मेलनको महत्त्वपूर्ण उद्देश्य रहेको उनको भनाई छ।
न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्सासदेखि इलिनोइस र फ्लोरिडादेखि वासिङ्टनसम्म नेपाली उद्यमीहरूले रेस्टुरेन्ट, होटल, स्वास्थ्य सेवा, सूचना प्रविधि, रियल स्टेट, निर्माण, वित्तीय सेवा, खुद्रा व्यापार, शिक्षा तथा यातायात क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरिरहेका छन् । ‘सम्मेलनले ती व्यवसायीहरूबिच नेटवर्क विस्तार, अनुभव आदानप्रदान र रणनीतिक साझेदारी निर्माण गर्ने अवसर प्रदान गर्नेछ’ श्रेष्ठले भने, ‘बलियो स्थानीय व्यवसाय नै बलियो समुदायको आधार हो, नेपाली(अमेरिकी व्यवसायको सफलता समुदायको समग्र आर्थिक र सामाजिक विकाससँग जोडिएको हुन्छ ।’
सम्मेलनमा नेपालका लगानी सम्भावना, अन्तर्राष्ट्रिय व्यापार तथा पूँजी साझेदारी, प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित नवप्रवर्तन तथा स्थानीय व्यवसायलाई विश्व बजारसम्म विस्तार गर्ने विषयमा विशेष छलफल हुनेछ । सम्मेलनमा अन्तर्राष्ट्रिय तथा डायस्पोरा नेताहरूको विशेष सम्बोधन, सरकार तथा निजी क्षेत्रबीच संवाद, स्टार्टअप शोकेस तथा उत्पादन सार्वजनिक कार्यक्रम, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय तथा व्यवसाय–सरकार (बीटुबी र बीटुजी) भेटघाट, रणनीतिक साझेदारी बैठक तथा गाला डिनर एवं सम्मान कार्यक्रम आयोजना गरिनेछ ।
आयोजकले सम्मेलनको आधिकारिक वेबसाइट सार्वजनिक गरेर दर्ता प्रक्रिया पनि सुरु गरिसकेको जनाएकाे छ। स्टार्टअप तथा उद्यमीहरूले आफ्नो व्यवसाय प्रस्तुत गर्न स्टार्टअप सोकेश तथा प्रडक्ट लन्चका लागि आवेदन दिन सक्नेछन् । संयुक्त राष्ट्रसंघ (यूएन)को महासभाको उच्चस्तरीय सप्ताह तथा ‘ुक्लाइमेट विक एनवाइसी’ को समयमा न्यूयोर्कमा आयोजना हुने भएकाले नबिस २०२६ ले विश्वभरका नीति निर्माता, लगानीकर्ता र व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi