Skip to content

सेयर बजार १४ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

nabil
global ime
काठमाडौं । बुधबार सेयर बजार बढेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १४.०० अंकले बढेर २५९०.२९ विन्दुमा पुगेको छ।
आज सेयर बजार बढेको भएता पनि कारोबार रकम भने घटेको छ । मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको ८४ लाख ७३ हजार कित्ता सेयर कारोबार भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशत बढेको छ। यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी बढको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक आज सामान्य घटेको छ ।
आज सबैभन्दा धेरै ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९–९०’ को मूल्य बढेको छ । यस ऋणपत्रको सेयर मूल्य आज ९.२० प्रतिशत बढेको छ। यसैगरी, आज नारायणी डेभलपमन्ट बैंकको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको भने थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ।
आज कारोबार रकमका आधारमा ‘१० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३’ शीर्ष स्थानमा रहेको छ। आज ४४ करोड १० लाख रुपैयाँबराबरको सो ऋणपत्र कारोबार भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T