Skip to content

सामाजिक सञ्जाल मार्फत सेयर बजारबारे गलत सूचना फैलाउनेलाई कडा कारबाही गर्ने: सेबोन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जाल मार्फत गलत सूचना फैलाउनेलाई कडा कारबाहीको दायरामा ल्याउने भएको छ ।

बोर्डले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको छ ।

लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगीविरुद्ध प्रभावकारी नियामक निगरानी र कानूनी कारबाहीलाई थप सुदृढ बनाइने उल्लेख छ ।

त्यसैगरी सामाजिक सञ्जालको प्रयोग गरी इन्फ्लुयन्सरहरूबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भए नभएको विश्लेषण तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउनुका साथै लगानीकर्ताहरूलाई सचेत गराईने नीति तथा कार्यक्रममा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T