काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद अधिकार हस्तान्त्ररणका लागी कानूनी व्यवस्था गर्ने भएको छ ।
बोर्डले आगामी आवका लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।
नीति तथा कार्यक्रममा हकप्रद अधिकार हस्तान्त्ररणको कारोबारका लागि आवश्यक कानूनी तथा संरचनागत व्यवस्था गर्ने उल्लेख छ ।
बोर्डले यस सम्बन्धी छुट्टै विनियमावली तयार गरी दोस्रो बजार कारोबार व्यवस्था मिलाउने भएको छ ।
बोर्डले हकप्रद शेयर खरिद गर्ने लगानीकर्ताको अधिकारलाई अर्को पक्षलाई बिक्री वा हस्तान्त्ररण गर्ने प्रकृया मिलाउने भएको छ ।
यसले हकप्रद अधिकार हस्तान्तरण सहज हुने बोर्डले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्