काठमाडौं । बैंकको ब्याजदर साउनमा पनि घटनेक्रम रोकिएको छैन । असार महिनाको तुलनामा साउन १ गतेबाट लागू हुने नयाँ ब्याजदर पनि घटेको छ ।
असारको त्ुलनामा साउनमा बैंकको निक्षेप ब्याजदर औषतमा ०.०९० प्रतिशत बिन्दुले घटेको छ ।
नयाँ ब्याजदर औषतमा ४.२५ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत रहेको छ । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ६ वटा बैंकको ब्याजदर घटेको छ भने बाँकी १४ वटा बैंकको ब्याजदर यथावत रहेको छ ।
ब्याजदर घटाउने बैंकमा एनएबि बैंकको ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंकको ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.१ प्रतिशतविन्दु, कुमारी बैंकले ०.०६ प्रतिशतविन्दु, ग्लोबल आइएमई बैंकको ०.५ प्रतिशतविन्दुले घटाएका छन् ।
बाँकी बैंकको ब्याजदर साउनमा पनि असार महिनाको जति नै यथावत रहेको छ ।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल, कृषि, नेपाल एसबिआई, एभरेष्ट, शिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी र प्राइम बैंकको ब्याजदर यथावत रहेको छ ।










प्रतिक्रिया दिनुहोस्