काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधन कर्जामा नयाँ व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार सवारी साधनका लागि सवारी साधनको ऋण मूल्यको अनुपात (लोन टु भ्यालु रेसियो) बढाएको छ ।
नयाँ व्यवस्थासँगै सार्वजनिक यातायातका रुपमा प्रयोग हुने यात्रुबाहक ठूला विद्युतीय सवारी साधनका लागि गाडीको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेछन् ।
यसअघि विद्युतीय सवारी साधनका लागि ६० प्रतिशत मात्र रहेको थियो । अहिले ६० प्रतिशतबाट २० प्रतिशतले बढेर ८० प्रतिशत पुर्याइएको छ ।









प्रतिक्रिया दिनुहोस्