काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
आज सुन प्रतितोला ३ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १२५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी आज प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्