Skip to content

कामना सेवा विकास बैंकको नाफा ३३.५०% ले बढ्यो, लाभांश क्षमता १५ प्रतिशत भन्दा बढी, अन्य सूचक कस्ता ?

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत आवको असार मसान्तसम्म बैंकले ८९ करोड ४१ लाख ७८ हजार १२६ रूपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३३. ५० प्रतिशतले धेरै हो ।

अघिल्ले आवको सोही अवधिमा बैंकको नाफा ६६ करोड ९७ लाख ५१ हजार ३२३ रूपैयाँ रहेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख २ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रूपैयाँ थियो ।

बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६० करोड ११ लाख १० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता १५.१६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा १६.७४ प्रतिशत रहेको थियो ।

असार मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ४१ करोड ८१ लाख ३१ हजार रुपैयाँबाट घटेर १३ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १७१.०१ पैसा छ ।

चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ छ । बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi