काठमाडौं । नेपालमा आयोन विद्युतीय सवारी साधनको आधिकारीक वितरक सीजी मोटर्सले पोखरामा आफ्नो नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा ल्याएको छ ।
गण्डकी प्रदेश कृषि, भूमि तथा सहकारी मन्त्रि भिम कार्कीद्धारा समुद्घाटन गरिएको उक्त कार्यक्रममा ग्राहकहरुले एउटै छानामुनी तीन वटा विश्वप्रसिद्ध सवारी ब्राण्डका अत्याधुनिक मोबिलिटी समाधानको अनुभव लिन सक्नेछन् ।
उपत्यकाबाट बाहिर विद्युतीय सवारी साधनहरुको पहुँच विस्तार गर्ने सीजी मोटर्सको प्रतिबद्धतालाई थप बल प्रदान गरेको छ । यो विस्तारले नेपालमा स्मार्ट, दियो र प्रभावकारी मोबिलिटी समाधान तर्फ बढीरहेको यात्राको महत्वपूर्ण कदम हो ।
कार्यक्रममा पश्चिमाञ्चल अटोमावाइल्स डिलर्स एशोसियनका अध्यक्ष दिपेन्द कोईरालाले सीजी मोटर्सले उपत्यकाबाट वाहिर पनि विद्युतीय सवारी साधनहरुको विस्तारमा योगदान पुर्याएकोमा खुसी ब्यक्त गरे ।
ग्राहक केन्द्रित अवधारणामा निर्माण गरिएको यस आउटलेटले सवारी अवलोकन, व्यक्तिगत परामर्श, टेस्ट ड्राईभ तथा विक्रीपछिको सेवा सहित सहज र व्यवस्थित ग्राहक अनुभव गर्नेछ ।

देशैभर फैलिएको २६० भन्दा बढी चार्जिङ स्टेसनको नेटवर्क मार्फत सीजी मोटर्सले ग्राहकहरुको विश्वासलाई अझ मजबुद बनाउँदै सहजता, पहुँच र भरपर्दो चाजिङ सुविधा सुनिश्चता प्रदान गदै आईरहेको छ ।
करिब १५० भन्दा ग्राहकहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नयाँ सवारी साधन खरिदकर्ताहरुलाई सवारी साधनको साँचो हस्तान्तरण गर्दै मोर्टसले उपत्यकता बाहिर पनि आफ्नो शाखा विस्तारको अभियानको शुरुवात गरेको छ ।









प्रतिक्रिया दिनुहोस्