Skip to content

सुन–चाँदीको मूल्य बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा बढेको छ । आज सुन प्रतितोला १ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi