Skip to content

लायन्स क्लब अफ काठमाडौंद्धारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं शिवाज, डिस्ट्रिक्ट ३२५ एफ, नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नयाँ बानेश्वरस्थित टेक्स्पायर कलेजमा भएको हो ।

कार्यक्रममा कुल ७५ युनिट रगत संकलन भएको आयोजकले जनाएको छ। कार्यक्रममा टेक्स्पायर कलेज, नयाँ बानेश्वर तथा काठमाडौं महानगरपालिका वडा नं. १० को कार्यालयले सहयोग गरेको थियो ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं शिवाजका क्लस्टर हेड अनु श्रेष्ठ, अध्यक्ष सम्झना प्रधानाङ्ग, कोषाध्यक्ष रामधन श्रेष्ठ, सेवा संयोजक भूपेन्द्रमान श्रेष्ठ, हंगर रिलिफ संयोजक खेमप्रसाद खड्का तथा सदस्य मनीषा श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो।

त्यसैगरी, टेक्स्पायर कलेजका तर्फबाट बीएससी आईटी कार्यक्रमका प्रोग्राम लिडर करण श्रेष्ठको पनि सहभागिता रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T