Skip to content

बीएडब्लू ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि किन विशेष छ ?

काठमाडौं । सात दशकभन्दा लामो अटोमोबाइल इन्जिनियरिङको गौरवशाली इतिहास बोकेको बेइजिङ अटो वर्क्स (बीएडब्लू) ले अब नेपालमा शहरी विद्युतीय यातायातको नयाँ पुस्ताको अनुभव बीएडब्लू ईसेभेन प्रो मार्फत ल्याउने तयारी गरिरहेको छ।

नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ ।

इन्धनको बढ्दो मूल्य, वातावरणीय सचेतना, कम सञ्चालन खर्च तथा सरकारी प्रोत्साहनका कारण धेरै नेपाली उपभोक्ताहरू विद्युतीय सवारीतर्फ आकर्षित भइरहेका छन्। तर ईभी खरिद गर्दा अधिकांश ग्राहकले ब्याट्री क्षमता, एक पटक चार्जमा चल्ने दूरी, चार्जिङ समय वा मूल्यलाई मात्र प्राथमिकता दिने गर्छन्। जबकि समग्र ड्राइभिङ अनुभव निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक भनेको सवारीको ड्राइभ प्रणाली हो ।

जसले कारणले बेइजिङ अटो वर्क्स (बीएडब्लू) द्वारा विकसित बीएडब्लू ब्रम्बीले नेपालको बढ्दो ईभी बजारमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल भइरहेको छ। यसको सबैभन्दा विशेष पक्ष भनेको रियर-ह्विल-ड्राइभ प्रणाली हो, जुन यस मूल्य वर्गका कम्प्याक्ट विद्युतीय सवारीहरूमा विरलै पाइन्छ।

बेइजिङ अटो वर्क्स (बीएडब्लू) चीनका सबैभन्दा पुराना अटोमोबाइल उत्पादकमध्ये एक हो। सन् १९५१ मा स्थापना भएको यस कम्पनीले चीनको आधुनिक अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान दिएको छ।

सुरुआती चरणमा बीएडब्लूले सैनिक तथा सरकारी सवारी उत्पादन गरेर विशेष पहिचान बनाएको थियो । विशेषगरी बीजे २१२ अफ-रोड गाडी कम्पनीको सबैभन्दा चर्चित मोडेलमध्ये एक मानिन्छ। कठिन भौगोलिक अवस्था र चुनौतीपूर्ण सडकमा चल्न सक्ने बलियो सवारी निर्माणको दशकौं लामो अनुभवले बीएडब्लूलाई मजबुत इन्जिनियरिङ र विश्वसनीयताको प्रतीक बनाएको छ।

समयसँगै कम्पनीले आधुनिक प्रविधिसँग आफ्नो इन्जिनियरिङ अनुभवलाई संयोजन गर्दै यात्रुवाहक सवारी, व्यावसायिक सवारी तथा नयाँ पुस्ताका विद्युतीय सवारीको विकासमा ठूलो लगानी गरेको छ। आज बीएडब्लूका उत्पादनहरू एशिया, अफ्रिका, मध्यपूर्व, दक्षिण अमेरिका लगायत विश्वका विभिन्न अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेका छन्। सात दशकभन्दा बढीको अनुसन्धान, उत्पादन उत्कृष्टता तथा निरन्तर प्राविधिक नवप्रवर्तनले बीएडब्लू लाई चीनका विश्वासिला अटोमोबाइल ब्रान्डमध्ये स्थापित गरेको छ।

रियर-ह्विल-ड्राइभ किन महत्वपूर्ण छ ?

धेरैजसो कम्प्याक्ट कारहरूमा फ्रन्ट-ह्विल-ड्राइभ प्रणाली प्रयोग गरिन्छ, जहाँ अगाडिका पाङ्ग्राले स्टेयरिङ र शक्ति दुवैको जिम्मेवारी वहन गर्छन् ।

तर बीएडब्लू ब्रम्बीमा भने रियर-ह्विल-ड्राइभ प्रणाली अपनाइएको छ, जहाँ शक्ति पछाडिका पाङ्ग्रामा पुग्छ भने अगाडिका पाङ्ग्रा केवल स्टेयरिङका लागि प्रयोग हुन्छन् ।

यस प्रविधिका धेरै व्यावहारिक फाइदाहरू छन्। पहिलो, यसले गाडीको तौल सन्तुलित रूपमा वितरण हुने भएकाले मोडमा गाडी बढी स्थिर र सन्तुलित हुन्छ।

दोस्रो, उकालो सडकमा गाडीको ग्रिप अझ राम्रो हुन्छ। काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा तथा धरानजस्ता धेरै उकालो भएका शहरहरूमा पछाडिका पाङ्ग्राबाट शक्ति प्रवाह हुँदा गाडीलाई उकालोमा सहज रूपमा अघि बढाउन मद्दत मिल्छ।

तेस्रो, अगाडिका पाङ्ग्राले केवल स्टेयरिङको काम गर्ने भएकाले स्टेयरिङ हलुका, सहज र बढी उत्तरदायी महसुस हुन्छ।

चौथो, थप यात्रु वा सामान बोकेको अवस्थामा पनि गाडीको सन्तुलन राम्रो रहने भएकाले दैनिक पारिवारिक प्रयोग, कार्यालय आवतजावत तथा हल्का व्यावसायिक प्रयोजनका लागि पनि यो उपयुक्त हुन्छ।

नेपालको शहरी तथा अर्धशहरी सडकलाई ध्यानमा राखेर डिजाइन

काठमाडौं उपत्यकाको सडक संरचना विश्वका धेरै आधुनिक शहरभन्दा फरक छ। साँघुरा सडक, अत्यधिक ट्राफिक जाम, तीखा मोड, उकालो–ओरालो तथा सीमित पार्किङ स्थानका कारण यहाँका लागि कम्प्याक्ट, चुस्त तथा सहज रूपमा सञ्चालन गर्न सकिने सवारी आवश्यक हुन्छ।

ब्रम्बी को सानो आकार र रियर-ह्विल-ड्राइभ प्रणालीको संयोजनले यसलाई यस्ता सडकका लागि निकै उपयुक्त बनाएको छ। यसको सानो टर्निङ रेडियस, सहज पार्किङ, कम सञ्चालन खर्च तथा विद्युतीय मोटरबाट प्राप्त हुने तुरुन्तै टर्कले दैनिक शहरी यात्रा अझ सरल बनाउँछ।

नेपालमा करिब २० लाख रुपैयाँ मूल्य वर्गका विद्युतीय सवारीमध्ये रियर-ह्विल-ड्राइभ प्लेटफर्म उपलब्ध गराउने अत्यन्तै थोरै मोडेलमध्ये ब्रम्बी एक हो ।

काठमाडौंलगायत प्रमुख शहरका साँघुरा सडक, उकालो र भारी ट्राफिकलाई ध्यानमा राख्दा यही प्रविधि ब्रम्बीलाई आफ्नै वर्गमा फरक बनाउने मुख्य विशेषता हो ।

उनका अनुसार बीएडब्लूले सात दशकभन्दा बढीको अटोमोबाइल निर्माण अनुभवलाई आधुनिक विद्युतीय सवारी प्रविधिसँग संयोजन गर्दै आजका उपभोक्ताका लागि व्यावहारिक तथा भरपर्दो ईभी विकास गरेको छ।

ग्राहकको सकारात्मक अनुभव

काठमाडौंका ब्रुम्बी प्रयोगकर्ता रमेश अधिकारी आफ्नो अनुभव सुनाउँदै भने, “सुरुमा मलाई कम्प्याक्ट ईभी ले उकालोमा राम्रो प्रदर्शन गर्छ कि गर्दैन भन्ने शंका थियो। तर ब्रुम्बी चलाएपछि धापासीदेखि बुढानीलकण्ठसम्मको उकालो सडकमा यसको क्षमता निकै प्रभावशाली लाग्यो। यसको रियर-ह्विल-ड्राइभ प्रणालीले साँच्चिकै फरक अनुभव दिन्छ।”

त्यसैगरी, बुटवलमा कृषि व्यवसाय सञ्चालन गर्दै पाल्पा–बुटवल नियमित आवतजावत गर्ने कृषि उद्यमी रमेश रोकाया भने, “मेरो कामका कारण महिनाभरि पाल्पादेखि बुटवल र शहरभित्र नियमित यात्रा गर्नुपर्छ। ब्रुम्बी पार्क गर्न सजिलो छ, साँघुरा सडकमा सहजै चल्छ र उकालो तथा हिलो सडकमा पनि निकै सन्तुलित महसुस हुन्छ” उनी थप्छन ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi