Skip to content

लगानी बोर्डको सीईओ बन्न ८ जनाको नाम सर्टलिस्ट, पौडेलदेखि भेटुवालसम्म

काठमाडौं । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका आठ जना उम्मेदवारको नाम सार्वजनिक गर्दै उनीहरूको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) प्रस्तुतिकरण र अन्तर्वार्ताको कार्यतालिका समेत सार्वजनिक गरेको हो।

समितिको कार्यालयले जारी गरेको सूचनाअनुसार सर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ता साउन ७ र ८ गते अर्थ मन्त्रालय, सिंहदरबारमा हुनेछ। प्रस्तुतिकरण र अन्तर्वार्तापछि समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ।

सर्टलिस्टमा परेका उम्मेदवारमा सुमन मान सिंह बस्न्यात (गोकर्णेश्वर–८, काठमाडौं), डा. सरोज कोइराला (कागेश्वरी मनोहरा–९, काठमाडौं), याङकी उक्याव (शान्तिनगर, नयाँ बानेश्वर, काठमाडौं), बखत बहादुर शाही (लहान–१३, सिराहा), मनोज पौडेल (महाराजगञ्ज–३, काठमाडौं), इन्जिनियर मधु प्रसाद भेटुवाल (दुल्लु–१३, दैलेख), जितेन्द्र धिताल (ललितपुर–३, धोविघाट) तथा डा.मुकुन्द प्रसाद पौड्याल (बुढानिलकण्ठ–६, काठमाडौं) रहेका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T