Skip to content

एमालेका सबै मन्त्रीले बागमती सरकारबाट दिए सामूहिक राजीनामा, समर्थन फिर्ता

काठमाडौं । बागमती प्रदेश सरकारमा रहेका नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष उनीहरुले सामूहिक राजनीनामा बुझाएका छन् ।

बागमती प्रदेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्न जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्न किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको पत्रमा उल्लेख छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई पठाएको पत्रमा उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।
साथै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi