काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको हाे ।
यसैगरी, बैठकले श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका दीपेन्द्र अधिकारीलाई तोकेकाे सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्