Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४६.६९ प्रतिशत बढ्यो, वितरण योग्य नाफा कति ? 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण विवरण सार्वजनिक गरेको छ ।
बैंकले गत आर्थिक वर्षको  असार मसान्तसम्म बैंकले ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो आर्थिक वर्षको असार मसान्तकोभन्दा ४६.६९ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस बैंकले ६० करोड ६६ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसैगरी, अघिल्लो आवमा २ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको यस बैंकले गत आवमा यस्तो आम्दानी १६.८३ प्रतिशत बढाएर २ अर्ब ४२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
अघिल्लो आर्थिक वर्ष ३४ करोड ५४ लाख रुपैयाँ रहेको बैंकको प्रोभिजनिङ÷इम्पेयरमेन्ट चार्ज उल्लेख्य रूपमा घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ।
गत असार मसान्तसम्म बैंकको लगानीकर्ताहरूलाई वितरण गर्न मिल्ने नाफा ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्ष ३६ करोड ८३ लाख रुपैयाँ थियो।
बैंकको चुक्ता पूँजी (३.७३ अर्ब रुपैयाँ) का आधारमा सेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ। अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १० रुपैयाँ ३६ पैसा थियो।
कुल चुक्ता पूँजी ३.७३ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप संकलन ५४ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, यस अवधिमा बैंकको कुल कर्जा प्रवाह ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ भने बैंकको सिडी रेसियो ८३.३७ प्रतिशत रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi