Skip to content

सेयर बजार करिब १४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट 

काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार मापक परिसूचक १३.९३ अंकले घटेर २७१२.५४ बिन्दुमा झरेको छ ।

यसैगरी, मंगलबारको तुलनामा बुधबार सेयर कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेका अनुसार आज ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबारको बजारमा  ६ अर्ब ६७ करोड १० लाख १७ हजार ९७१ रुपैयाँको बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ११ उपसमूहहरू घटेका छन् । बाँकी २ उपसमूहकोमात्र सेयर कारोबार बढेको छ। आज फाइनान्स क्षेत्र र उत्पादन तथा प्रशोधन क्षेत्र तर्फको सेयर मूल्य बढेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi