काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
बजार १४.१७ अंकले बढेर परिसूचक २७२६.७२ बिन्दु कायम भएको छ । ३३८ कम्पनीको १ करोड ७ लाख ७ हजार २२२ कित्ता सेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा १५३ कम्पनीको मूल्य बढेको छ भने १११ कम्पनीको मूल्य घटेको छ । कारोबारमा लगानी र अन्य समूह बाहेक सबै समूहका हरियाली छाएको छ ।
आज एभरेष्ट कलरको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथलि बुखरी स्मल हाइड्रो पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।









प्रतिक्रिया दिनुहोस्