Skip to content

नेपाल माइक्रो इन्स्योरेन्सका निवर्तमान सीईओ रिमाल पक्राउ

काठमाडौं । प्रहरीले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ ।

बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसूरमा फरार रहेका रिमाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–७ निवासी रिमाललाई बिहीबार काठमाडौंको सिफलबाट पक्राउ गरेको जनाएको छ।

सीआईबीका अनुसार रिमालविरुद्ध तत्कालीन बीमा ऐन, २०७१ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसूरको मुद्दा विचाराधीन रहेको थियो । उनी लामो समयदेखि फरार रहेकाले खोजतलासका क्रममा पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

पक्राउ परेका रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको प्रहरी वरिष्ठ उपरीक्षक तथा सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।

प्रहरीले आर्थिक तथा वित्तीय अपराधसँग सम्बन्धित फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi