Skip to content

नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब, आयात १६.२०, निर्यात १३.८१ प्रतिशतले बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १६.६३ प्रतिशतले धेरै हो ।

यो अवधिमा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार गत आवमा नेपालले ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो निर्यात अघिल्लो आवको तुलनामा १३.८१ प्रतिशतले धेरै हो ।

यस्त‌ै नेपालले गत आवमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख रुपैयाँको आयात गरेको छ । अघिल्लो आवको तुलनामा गत आव आयात १६.२० प्रतिशतले बढेको छ ।

आयात तथा निर्यात अनुपात ६.६५ प्रतिशत रहेको छ । आयात हिस्सा ८६.९३ प्रतिशत छ भने निर्यात हिस्सा १३.०७ प्रतिशत रहेको विभागले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi