काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
वडामा स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट सिफारिस उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग उक्त रकम घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा टोली परिचालन गरेको थियो । टोलीलाई उनलाई रंगेहात पक्राउ गरेको हो ।









प्रतिक्रिया दिनुहोस्