Skip to content

गत वर्ष सबैभन्दा बढी पौने २ खर्बको डिजेल आयात, सवा खर्ब बढिको भटमासको तेल निर्यात

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा असार मसान्तसम्म पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी डिजेल आयात भएको छ ।

गत आवमा १ खर्ब ७२ अर्ब ४२ करोड बराबरको डिजेल आयात भएको छ ।

भन्सार विभागका अनुसार आयातमा भटमासको कच्चा तेल दोस्रोमा रहेको छ । जसअन्तर्गत १ खर्ब ३२ अर्ब ७६ करोड बराबर भटमासको कच्चा तेल आयात भएको छ ।

यसैगरी, पेट्रोल ७७ अर्ब २६ करोड, एलपी ग्यास ६० अर्ब २८ करोड, फलाम तथा स्टिल उद्योगमा प्रयोग हुने अर्धप्रशोधित फलाम ५८ अर्ब ५२ करोडको तथा स्मार्टफोन ४८ अर्ब ६९ करोड बराबरको आयात भएको विभागले जनाएको छ ।

त्यस्तै, गत आवमा नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा बढी रहेको छ । विभागद्वारा सार्वजनिक तथ्याङ्कअनुसार स्वदेशबाट एक खर्ब २८ अर्ब ७४ करोड बराबरको भटमासको तेल निर्यात भएको छ । यसैगरी अलैँची १२ अर्ब ६४ करोड, ऊनीको गलैँचा १० अर्ब ३८ करोड, सूर्यमुखी तेल आठ अर्ब ९४ करोड र जुटका काँचो कपडा सात अर्ब १४ करोड बराबरको निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।

गत आवमा छिमेकी मुलुक भारतबाट मात्रै १२ खर्ब १० अर्ब ६० करोड बराबरको वस्तु आयात गरेको छ भने दुई खर्ब ५८ अर्ब ६५ करोड बराबरको निर्यात गरेको छ । यसअनुसार नेपालको व्यापार घाटा भारतसँग मात्रै नौ खर्ब ५१ अर्ब ९५ करोडभन्दा बढी रहेको देखिन्छ ।

त्यस्तै, नेपालले चीनबाट चार खर्ब २५ अर्ब २४ करोड बराबरका वस्तु आयात गरेकामा रु एक अर्ब ८९ करोड बराबरको वस्तु मात्रै निर्यात गरेको छ । चीनसँगको नेपालको व्यापार घाटा रु चार खर्ब २३ अर्ब ३५ करोड बराबरको छ ।

सार्वजनिक विवरणअनुसार गत आवमा सबैभन्दा बढी वीरगञ्ज नाकाबाट रु नौ खर्ब ८६ अर्ब ४३ करोड अर्थात् कुल आयातको ४७ दशमलव शून्य पाँच प्रतिशत बराबरको वस्तु आयात भएको छ ।

त्यस्तै, भैरहवा नाकाबाट रु तीन खर्ब चार अर्ब १७ करोड (१४ दशमलव ५१ प्रतिशत), विराटनगर नाकाबाट रु दुई खर्ब ४१ अर्ब ९६ करोड (११ दशमलव ५४ प्रतिशत) र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु दुई खर्ब तीन अर्ब ५१ करोड (नौ दशमलव ७१ प्रतिशत) बराबरका वस्तु आयात भएका छन् ।

निर्यातमा पनि वीरगञ्ज नाका अग्रस्थानमा छ । यहाँबाट रु एक खर्ब १४ अर्ब ८५ करोड अर्थात् कुल निर्यातको ३६ दशमलव ४३ प्रतिशत बराबरका वस्तु विदेश निर्यात भएको छ ।

त्यस्तै विराटनगर नाकाबाट रु ८८ अर्ब ७२ करोड (२८ दशमलव १४ प्रतिशत) र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नाकाबाट रु ३७ अर्ब ९४ करोड (१२ दशमलव शून्य तीन प्रतिशत) बराबरका वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi