Skip to content

ग्रीन प्लाई नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ग्रीन प्लाई नेपालले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

नेपालमा प्लाई उत्पादन गरिरेहेको कम्पनी सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो । त्यसका लागि असार ३१ गते प्राईभेट लिमिटेडबाट लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १६ लाख ४० हजार कित्ता शेयर आईपिओ मार्फत सर्वसाधरणलाइ बिक्रि गर्न लागेको हो । कम्पनीले प्रथमिक सेयर निष्कासनका लागि साउन २२ गतेका लागि विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१र८२ मा अघिल्लो वर्षको तुलनामा १८।९६ प्रतिशत बिक्री वृद्धि हासिल गर्दै वार्षिक कारोबार करिब ४७।५ करोड रुपैयाँ पुर्‍याएको छ। ग्रीन प्लाई नेपाल बिगत पाँच आर्थिक वर्षदेखि निरन्तर नाफामा सञ्चालन हुँदै आएको छ । यसले कम्पनीको सुदृढ वित्तीय अवस्था र प्रभावकारी व्यवस्थापन रहको कुरा पुष्टि गर्दछ । यो कम्पनी बिगत देखी नै नेपालबाट प्लाईउड भारत निर्याद गर्दै आएको छ । यसको उतपादनको ३० प्रतिशत नेपालमा खपत हुने गरेको छ भने कम्पनीको ७०५ भन्दा बढी उत्पादन भारतमा निर्यात हुने गरेको छ । कम्पनीले नेपाल सरकारले बिगतमा निर्यात प्रवर्द्धनका लागि नेपाल सरकारबाट उपलब्ध निर्यात अनुदानसमेत प्राप्त गर्दै आएको छ। कम्पनीले प्राप्त गरी आफ्ना उत्पादनहरू भारतमा निर्यात गर्दै आएको छ।

आर्थिक वर्ष २०८१/८२ मा ग्रीनप्लाई इन्डस्ट्रिज नेपालको पूँजीगत संरचनामा उल्लेख्य सुधार आएको छ, जहाँ कम्पनीको ओभरअल गियरिङ अनुपात ७.४१ गुणाबाट घटेर २.४४ गुणामा झरेको छ। ६ करोड रुपैयाँको नयाँ शेयर पूँजी थप हुनुका साथै नेपाल वित्तीय प्रतिवेदन मापदण्ड ९नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड्स० ढाँचा लागू भएसँगै सञ्चित नाफा बढेपछि कम्पनीको मूर्त खुद सम्पत्ति ८ करोड २० लाख रुपैयाँबाट बढेर करिब २२ करोड ६० लाख रुपैयाँ पुगेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi