Skip to content

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन सोमबार हुने

काठमाडौं । सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ ।

मुख्य सुरुङको लम्बाई २.६८ किलोमिटर रहेको छ ।

सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब ५.५ किलोमिटर छ ।

आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने छन् । पहिला चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्रै सुरुङमा प्रवेश गर्न दिइने भएको छ ।

यो सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ ।

नागढुङ्गाको कठिन उकालो र पहिरोको जोखिमबाट जोगाई यात्रालाई सहज बनाउने विश्वास गरिएको यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ । सञ्चालनको सुरुवाती चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका अत्यावश्यक सवारी साधनलाई मात्र प्रवेश अनुमति दिइनेछ ।

जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले विसं २०७६ देखि आयोजनाको निर्माण सुरु गरेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi