Skip to content

सुनसरीका पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा हरिनगरा बजार, भुटाहा बजार, कसनागञ्ज बजार, घुस्की बजार, देवानगञ्ज बजार क्षेत्र रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन् ।

कर्फ्यु अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने जनाइएको छ ।

आदेश उल्लंघन गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi