काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेको भन्दै रिलायन्स फाइनान्स लिमिटेडलाई २ हजार ९२४ रुपैयाँ ४८ पैसा जरिवाना गरेको छ।
राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमास अवधिमा इजाजतप्राप्त ‘ख’ वर्गका विकास बैंक तथा ‘ग’ वर्गका वित्त कम्पनीमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै रिलायन्स फाइनान्सलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत कारबाही गरिएको जनाएको हो।
विवरणअनुसार रिलायन्स फाइनान्सले २०८२ फागुन १० गतेदेखि २०८३ वैशाख ५ गतेसम्म अनिवार्य नगद मौज्दात कायम नगरेकाले प्रचलित व्यवस्था बमोजिम २ हजार ९२४.४८ रुपैयाँ लगाएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले तोकिएको अनिवार्य नगद मौज्दात कायम गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उक्त व्यवस्था उल्लंघन गर्ने संस्थामाथि कानुनबमोजिम जरिवाना तथा अन्य नियामकीय कारबाही गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्