Skip to content

नेप्सेको सीईओ छनोट प्रक्रिया सुरु: सहसचिव आचार्यको संयोजकत्वमा समिति गठन, मंगलबारबाट आवेदन खुल्ने 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु भएको छ। वर्तमान सीईओ चूडामणि चापागाईँले कार्यकाल सकिनुअघि गत असार २२ गते राजीनामा दिएपछि रिक्त रहेको पदमा नयाँ नेतृत्व चयन गर्न अर्थ मन्त्रालयले छनोट प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महेश आचार्यको संयोजकत्वमा तीन सदस्यीय सिइओ छनोट समिति गठन गरेको छ। समितिमा लेखा मान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापा विज्ञ सदस्यका रूपमा रहेका छन्।
समितिले नयाँ सीईओ लागि आवेदन आह्वान गर्ने तयारी पूरा गरेको छ। मन्त्रालयका अनुसार इच्छुक तथा योग्य उम्मेदवारबाट मंगबलारदेखि आवेदन खुला गरिनेछ। आवेदन संकलनपछि समितिले योग्यता, अनुभव र कार्ययोजनाको मूल्याङ्कन गर्दै सर्टलिस्ट तयार पार्नेछ। त्यसपछि अन्तर्वार्तालगायतका चरण पूरा गरी योग्य उम्मेदवारको नाम सिफारिस गरिनेछ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T