Skip to content

माइक्रो इन्स्योरेन्सका निलम्बित एक सीईओ बागमतीमा हामफालेपछि…

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नरेशकुमार रोक्का आज बागमती नदीमा हाम फालेका छन् ।

चन्द्रागिरी नगरपालिका–१३ का ५९ वर्षीय रोक्का आज दिउँसो करिब साढे ४ बजे आसपासमा थापाथली पुल नजिकैबाट बागमतीमा हामफालेको बताइएको छ ।

उनलाई स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । प्रहरीले बागमतीमा हामफाल्नुको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा सीईओ रहेको समयमा धितोपत्र कारोबारसम्बन्धी ऐन र बीमा ऐनअन्तर्गत कसुर गरेको अभियोगमा जेठ २८ गते मुद्दा दायर भएपछि उनी निलम्बित भएका हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi